ब्राजिलका स्टार खेलाडी राफिन्हा पीएसजीमा अनुबन्धित…

ब्राजिलका स्टार खेलाडी राफिन्हा अल्कान्टारा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् । लामो समय बार्सिलोनामा बिताएका उनी केही समय सेल्टा इन्टर र मिलानमा लोनमा अनुबन्ध भएका थिए ।

२७ वर्षीय खेलाडीले पछिल्ला दुई सिजन इन्टर मिलान र सेल्टा डी भिगोबाट लोनमा खेलेका थिए । ला मासियाका उत्पादन उनी सन् २०११ मा बार्सिलोनाको सिनियर टोलीबाट खेल्न लागेका थिए । उनले बार्सिलोनाका लागि ५६ लिग खेल खेल्दै ८ गोल गरेका छन् । ब्राजिलियन राष्ट्रिय टोलीका लागि भने उनले जम्मा दुई खेल खेलेका छन् । दुई खेलबाट उनले एक गोल गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE