भरतपुर अस्पतालको आइसोलेसनबाट भागे उपचाररत कोरोना सङ्क्रमित

चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोनाभाइरस सङ्क्रमित भागेका छन्। भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे अस्पतालबाट भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ५ भदौमा उनलाई सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।

उनी केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका थिए। तर, कोरोना पोजिटिभ देखिएपछि परिवारलाई जिम्मा लगाएर अस्पतालको आइसोलेसनमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धान भने जारी राखेको थियो। अस्पतालबाट भागेपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE