भर्चुअलरुपमा हुने बहसमा अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी नहुने…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेपछि ‘भर्च्युअल प्रेसिडेन्सियल डिबेट’ गराउने प्रस्ताव उनले अस्वीकार गरेका छन्। अक्टोबर १५ का लागि निर्धारित प्रेसिडेन्सियल डिबेट भर्च्युअल गर्न ट्रम्पले अस्वीकार गरेका छन्।

प्रेसिडेन्सियल डिबेट गराउने संस्थाले भने कोरोना भाइरसको कारण आगामी डिबेट भर्च्युअल गर्न प्रस्ताव गरेको थियो। ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै यस्तो योजना हास्यास्पद रहेको बताएका छन्। राष्ट्रपति ट्रम्प र राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनबीचको आगामी डिबेट भर्च्युअल गर्ने योजनामा ट्रम्पको प्रतिक्रियापछि संकट आइपरेको छ।

ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा भनेका छन्, ‘म भर्च्युअल डिबेटमा आफ्नो समय बर्बाद गर्दिनँ। बहस यस्तो हुँदैन। कम्युटरको पछिल्तिर बसेर डिबेट गर्नु हास्यास्पद हो।’ ट्रम्प दम्पतीलाई गत साता कोरोना संक्रमण भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE