भालुको आकर्मणले दर्जनौं भेडाहरु मारिए,भेडा गोठालामाथि नि आकर्मण…

हरिकृष्ण ऐडि , नन्दसिङ रोकाया , मुगु

मुगु , मध्यवर्ति क्षेत्र भित्र रहेको झ्यारि गाउँमा भालु को एक आमा र एक बच्चा ले भेडा बाख्रा हुल्ने गोठमा आइ आकर्मण गर्दा दर्जनौं भेडा र बाख्रा हरु मारेकाछन केही शक्त्त घाइते भएका छन भने केही दर्जनौं भेडा बाख्रा हरु बेपत्ता भएकाछन ।

निकूञ्ज क्षेत्र को नजिकै दुरिमा रहेको र मध्यवर्ती क्षेत्र भित्र पर्ने छायानाथ रारा नगरपालिका वडा नं ८ झ्यारि गाउँ को ५ सय मिटर टाढा भेडि गोठ मा राति १० बजे देखि बिहान ४ बजे सम्म भालु को एक सन्तान र आमा ले हरियो रावलको ५ वटा , बूख रावलको ७ वटा , हरियो बहादुर कामी का ८ वटा , ऐन बहादुर बोहरा का ३ वटा र ज्ञानेन्द्र रावल का १० वटा लाई आकर्मण गर्दा दर्जनौं मरियका छन केही शक्त घाइते भएकाछन केही दर्जनौं भेडा बाख्रा हरु बेपत्ता भएकाछन भनि भेडा गुवाले ऐन बहादुर बोहराले बताए । भालु ले झ्यारि समुदायका विभिन्न ठाउमा भेडा पाल्ने कूर्षक हरु को भेडा राख्ने गोठ हरुमा गई आकर्मण गरेको देखिन्छ ।

आफ्नो मुख्य पेशा को आयआर्जन गरि कर्म गरि भेडा पाल्दै अाएका ४७ बर्षका हरि बहादुर कामी भेडा बाख्रा राख्ने गोठमा नै बस्थे उनको गोठमा राति २ वटा भालु ले उनको ८ वटा भेडा बाख्रा लाई आक्रमण गरि मारि सकेपछि बांकि भेडा लाई बचाउन खोज्दा ठोलो भालु आई मलाई आकर्मण गरि मेरो अगाडि को कपडा पुरैच्याति सकेपछि भालु को पन्जाले मलाई पछार्दा मेरो शरिरको ढाडको पुरै भाग दुखि रहेको छ भनि उनले बताए ।

जिल्ला पशु अस्पताल मुगुको रेकर्ड अनुसार प्रती खसि को मुल्य रु २० हजार देखि २४ हजार सम्म पर्ने भेडा को मुल्य कायम गरिएको छ ।
यता राष्ट्रिय निकुञ्जका का बन संरक्षक बद्री बिनोद ढकाल ले जानकारी दिएअनुसार मान्छे घाइते भएको भनि जानकारी नआएको र यस्ता भालुको आकर्मण वाट क्षेति पुराएका भेडा बाख्रा मालधनि लाई हरु लाई मध्यवर्ति क्षेत्र भित्रका सबैलाई दामासाहि हुने गरि भालुको अाकर्मण रोकिए पछि कुल आन्तरिक कोष बाट छुटा्याईएको रु १ लाख रकम एकमुष्ठ सबैलाई भाग लगाई बितर्ण गर्ने भनि बताए ।

जिल्ला नागरिक समाजका संयोजक रुप बहादुर मल्ल ले बताए अनुसार यो भालुको आकर्मण झ्यारिको गाउँ मा कुनै नौलो घटना नभएको हो बिगतको बर्ष देखि नै आकर्मण हुँदै आएको पाइन्छ । रारा राष्ट्रिय निकुञ्ज ले यसरी जन्ता प्रती बेखबर भएको छ तत्काल निकुञ्ज ले पिडित पक्ष हरु लाई राहत दामासाहि ले हैन मध्यवर्ती क्षेत्रको कार्य विधि अनुसार साहत बितर्ण र घेरवार र कार्यविधि अनुसार पिडित लाई रकम बितर्ण नगरिए मा नागरिक हरु ले आन्दोलन कार्यक्रम जारि गरि कार्यतालिका अनुसार आन्दोलन गर्ने छौ भनि जवाफ दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE