भुवन केसीलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्ड…

अभिनेता, निर्माता, निर्देशन भुवन केसी ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् ।

फिल्म क्षेत्रमा सदावहार अभिनेताको रुपमा परिचित भुवनको फेसन समेत लोभलाग्दो हुने गर्दछ । उनको फेसन प्रतिको सजकतालाई अध्यनजर गरेर अवार्ड दिइएको पेजेन्ट नेपाल अध्यक्ष दिक्पाल कार्कीले बताए । ‘४ दशक लामो कलाकारिताको यात्रामा भुवन सधै टिकटक भएर हिँड्ने अभिनेता हुन् । उमेरले ६० वर्ष नाघिसके पनि उनको फेसन सेन्स भने अहिले पनि जवानको भन्दा कम छैन’ कार्कीले थपे ।

पछिल्लो समय फिल्म अभिनय कम र निर्माणमा बढी समय बिताउने गरेका उनी युवास्टार अभिनेता अनमोल केसीका बुबा हुन् । फिल्मकर्मी तथा दर्शकहरु माझ पनि ‘फेसन आइकन’ को रुपमा चिनिने उनी केही अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको बिवादका कारण चर्चामा छाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE