मिडफिल्डर डेविड सिल्भालाई कोरोना संक्रमण

स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेविड सिल्भा कोरोना भाइरसबाट संक्रमित भएका छन्। म्यानचेस्टर सिटीबाट यहि सिजन सोसिडाड गएका ३४ वर्षका सिल्भमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन । उनी सेल्फ आइसोलेशनमा बसेका छन् ।
आफ्नो नयाँ क्लबमा नयाँ जर्सीसहित सार्वजनिक भएकै दिन सिल्भामा संक्रमण पुष्टि भएको पनि खुलाइएको हो। सिल्भा १० वर्षे म्यानचेस्टर सिटीको बसाईपछि यहि महिना सोसिडाड गएका हुन् । उनले सिटीबाट ४३६ खेलमा सहभागिता जनाए र १४ उपाधि जिते ।
ℹ Real Sociedad informs that @21LVA has tested positive for COVID-19 in the test carried out at Policlínica Gipuzkoa. The player is asymptomatic and is self-isolating.#AurreraReala pic.twitter.com/5Rs8gamWsT
— Real Sociedad (@RealSociedadEN) August 31, 2020
WRITE COMMENTS FOR THIS ARTICLE