‘मिशन लायन’मा अक्षयको पारिश्रमिक १ सय ३५ करोड…

बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् । मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका छन् । जसको नाम ‘मिशन लायन’ छ ।

जगनको शल्यक्रियाका कारण फिल्म निर्माणमा केही ढिलाई अवश्य भयो, तर अब सबै अड्चन हटेको छ ।  यस फिल्ममा अक्षयकुमारले १ सय ३५ करोड रुपैयाँ लिनेछन् । प्रदर्शनका विभिन्न राइट्समार्फत अक्षयको यति ठूलो पारिश्रमिक उठाउन सकिने फिल्म निर्माताहरुको बुझाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE