मुद्दाको ब्रह्मास्त्र , विचारकाे मांसल मणि अनि एजेन्डाकाे कामधेनु कहाँ गयाे र किन गयाे ?

गोपी ढकाल । मस्तक ब्रह्मरन्ध्रमा मांसल मणि धारण गरेका अनि ब्रह्मास्त्रले सुसज्जित द्राेणचार्य पुत्र अश्वत्थामा लाई पनि अतिवादीमा झैं अहंकार पलाएर बिराट पुत्री उत्तराकाे गर्भमा रहेका अभिमन्यु पुत्र परिक्षिद लाई गर्भमा नै मार्न खाेज्दा उनकाे मांसल मणि र ब्रह्मास्त्र फिर्ता खाेसिएकाे थियाे ।

भन्न खाेजेकाे के हाे भने मुद्दाको ब्रह्मास्त्र , विचारकाे मांसल मणि अनि एजेन्डाकाे कामधेनु – हामीलाई प्राप्त थियाे । तर अश्वत्थामा लाई झैं जसलाई वा जहाँ पनि प्रयाेग र प्रहार गर्न सक्छु भन्ने अहंकारले ग्रस्त बनाउदा प्रसुति अबस्थामा गर्भमा रहेकाे कन्जरभेटिभ मान्यता माथि त्याे अस्त्र प्रहार गरेकै कारण ति सबै फिर्ता खाेसियाे भने कामधेनु पनि थाराे बनेपछि अश्वत्थामा कै दुर्गति आज भाेग्नु परेकाे हाे ।
द्वापर युगमा श्रीकृष्ण – जाम्बवती पुत्र साम्ब लाई पनि यस्तै अहंकारले उन्मत्त गराउदा नक्कली गर्भवती बनि छाेरा पाउछु कि छाेरी ? भन्दै ऋषि दुर्वासा लाई जिस्काउन पुगेका थिए ।

तर त्रिकालदर्शी ऋषिले छाेरा पनि हाेइन , छाेरी पनि हाेइन मुशल पाउछस – अनि त्याे नै तेराे यदुवंश विनाशकाे कारण बन्ने छ भन्ने श्राप दिनासाथ थाङ्ना कपडाले नक्कली गर्भवती बनेका साम्बले साच्चिकै मुशल जन्माउनु परेकाे थियाे ।

भन्न खाेजेकाे तात्पर्य – एमाले नेतृत्व स्विकार्नु नाजायज थिएन किनकि २०५२ मा हाम्रो नेतृत्व लाेकेन्द्र लाई उनिहरूले पनि प्रधानमन्त्री मानेका थिए । त्यस्तै काङ्ग्रेस नेतृत्वमा जानु पनि गलत थिएन किनकि २०५३ मा सूर्यबहादुर लाई उनले पनि नेतृत्व स्विकार गरेका थिए ।
तर जसले हाम्राे मुलभुत मान्यताकाे धरातल नै ध्वस्त गर्‍यो , धर्म , संस्कृति र माैलिक पहिचानकाे गला रेट्याे अनि आधार स्तम्भ र आस्थाका धराेेहर हरू एक पछि अर्काे गर्दै सखाप गर्ने त्याे भनेकाे मा‌ओवादी नै थियाे ।

किन्तु तिनै निरीश्वरवादी ( आस्तिक ) माओवादीकाे नेतृत्वमा बाजा बजाउदै सरकारमा जानु अनैतिक मात्र हाेइन, आज सम्मकाे अलग पहिचान सहितकाे राष्ट्रवादी छवि नै धुलाे पिठाे हुन्छ है भन्दै हात जाेडेर याचना गर्दा दुर्वासा – शब्दको जवाफ मिल्याे । त्याे समय म एक्लै हाेइन विद्वान अर्थशास्त्री पुष्कर कुमार अधिकारी पनि साथमा नै हुनुहुन्थ्यो ।

अन्तमा विचार , मुद्दा र एजेन्डाकाे त्याे नक्कली गर्भ दुर्वासा कै श्रापले मुशल बनेर झर्दा साम्बले झैं आज याे दुर्गति ब्यहाेर्नु परेकाे हाे । किनकि हामीले बारम्बार राेक्न याचना गर्‍यौं तर ति सबै ब्यर्थ भए बरू विनम्रता पूर्वक गरिएका ति आग्रह लाई कण्ठनाल र गण्डस्थल माथिकाे प्रहार बुझ्दै ” गाेपी ढकाल प्रवृत्ति ” नामाकरण गरियाे । (लेखक राप्रपा संयुक्तका केन्द्रिय सदस्य हुन्)

WRITE COMMENTS FOR THIS ARTICLE