मृत्युपछि पनि ऋषि कपुरको फिल्म आउँदै

बलिउड अभिनेता ऋषि कपुरको निधनले पूरै बलिउडमा ठूलो शोक उत्पन्न गरायो । उनको निधनका कारण उनले काम गरिरहेको फिल्म ‘शर्माजी न पनि अधुरो नै रह्यो ।

तर, अब दुःखमा परेका ऋषिका प्रशंसकहरुलाई खुसीको खबर छ । निर्मार्ताहरुले उनको यो फिल्म पूरा गर्ने बताएका छन् । अनि यो फिल्ममा ऋषि कपुर नै खेल्नेछन् ।

फिल्ममा जुही चावला अर्को लिड रोलमा छिन् ।

यसलाई निर्माताहरुले भिएफएक्स प्रविधिबाट बनाउने बताएका छन् । फिल्मका निर्माता हनी त्रेहानले प्रविधिको प्रयोग गरेर मृत्यु पछि पनि ऋषिलाई नै फिल्ममा खेलाउने बताएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE