‘मेरो साथी सर्जियोका लागि मेरो माया’, रोनाल्डोले रामोसलाई दिएको जर्सीमा लेखिएको थियो…

पोर्चुगल र स्पेनबीचको गोलरहित बराबरीमा टुंगिएको मैत्रीपूर्ण खेलपछि रोनाल्डो र रामोसबीच भेट गर्दै पुरानो याद ताजा गरेका थिए । खेलपछि रामोस पोर्चुगलको ड्रेसिङ रुमा गएका थिए । जहाँ रोनाल्डोले आफ्नो जर्सीमा सहि गरेर पेपेको उपस्थितिमा तस्बिर पनि खिचाएका थिए ।

‘मेरो साथी सर्जियोका लागि मेरो माया’, रोनाल्डोले रामोसलाई दिएको जर्सीमा लेखेका थिए । पछि रामोसले त्यो फोटोलाई समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । रियलका कप्तान रामोसले लेखेका छन्, ‘हामी अहिले पनि त्यहि छौं । र केहि छुटेको छ । तिमिलाई भेट्दा खुसी लाग्यो साथी ।’

WRITE COMMENTS FOR THIS ARTICLE