मेस्सीभन्दा पेले, म्याराडोना र रोनाल्डो नाजेरियो सबै समयका महान खेलाडी हुन्”:रोनाल्डिन्हो

ब्राजिलका पूर्व स्टार खेलाडी रोनाल्डिन्होले जहिल्यै लियोनल मेस्सीको तारिफ गरेका छन्।विश्वकप र बालन डि’ओर उपाधि हात पारिसकेका रोनाल्डिन्होको नजरमा मेस्सी आफ्नो समयका उत्कृष्ट फुटबलर हुन्।

मेस्सी वर्तमान समयमा उनका सबैभन्दा बढी मनपर्ने खेलाडी पनि हुन्। तर उनी मेस्सीलाई उत्कृष्ट हुँदाहुँदै सबै समयमा महान खेलाडी मान्दैनन्। उनी भन्छन्,‘मलाई खेलाडीहरु तुलना गर्न मन लाग्देन। तर मेरो नजरमा मेस्सीभन्दा पनि अन्य तीन खेलाडी उत्कृष्ट छन्। उनीहरु मेरालागि सँधै महान हुनेछन्।’

‘मेरो नजरमा पेले, म्याराडोना र रोनाल्डो नाजेरियो सबै समयका महान खेलाडी हुन्, उनीहरु अतुलनीय छन् र उनीहरु मेरालागि मेस्सीभन्दा उत्कृष्ट छन्’ उनले मार्कासँग भने।

 

WRITE COMMENTS FOR THIS ARTICLE