“मेस्सीलाई मिलाउन निकै गाह्रो छ।”:पूर्व प्रशिक्षक क्विक्यु सेतियन

बार्सिलोनाका पूर्व प्रशिक्षक क्विक्यु सेतियनले क्लबका स्टार स्ट्राइकर लियोनल मेस्सी मिलाउन निकै गाह्रो हुने खेलाडी भएको बताएका छन्। युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ गोलले पराजित भएपछि बार्सिलोनाले केही महिनाअघि सेतियनलाई बर्खास्त गरेको थियो।

लज्जास्पद त्यस नतिजापछि मेस्सीलगायत खेलाडीले नै सेतियनलाई बर्खास्त गर्न दबाब दिएका थिए। क्लबको नतिजापछि बेखुस मेस्सीले बार्सिलोना छाड्ने प्रयास गरेपनि सफल हुन सकेनन्। ६२ वर्षीय सेतियनले मेस्सी सर्बकालिन महान् खेलाडी भएको दावी गर्दै भनेका छन्,’तर, क्लबसँग आफ्ना मागहरु पूरा गर्ने उनका आफ्नै तरिका छन्।

बार्सिलोनाले समेत उनलाई परिवर्तन गर्न सकेको छैन। म को हुँ र?’, एल पाइससँग कुराकानी गर्दै सेतियनले भनेका छन्। उनले अगाडि भनेका छन्,’खेलाडीबाहेक हरेकको छुट्टै अनुहार पनि हुन्छ जुन मिलाउन निकै गाह्रो हुन्छ। धेरै नै गाह्रो हुन्छ। कतिपय खेलाडीले जन्मिदै लिएर आएको कुरा माइकल जोर्डनको डकुमेन्ट्री हेरेर पनि थाहा पाउन सक्छौँ।’

 

 

WRITE COMMENTS FOR THIS ARTICLE