‘मेस्सीले बार्सिलोना छोड्न असम्भव’ : रोनाल्डो

ब्राजिलियन पूर्वमहान फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्न असम्भव भएको बताएका छन् । उनले २०२०–२१ को सिजन अघि बार्सिलोना छोड्न सम्भव नभएको बताएका हुन् ।

कप्तान मेस्सीको क्याम्प नाउमा अन्तिम एक वर्षको सम्झौता रहेको छ । तर, छ पटकका बालोन डि’ओर विजेता मेस्सीले नवनियुक्त प्रशिक्षक कोम्यानलाई आफ्नो भविष्य क्याम्प नाउबाट भएको भएको सुचित गरेका छन् ।

“मेस्सीले बार्सिलोना छोड्ने सम्भावना छैन,” रोनाल्डोले भने, “मेस्सी पूरै एक टोली हो । यदि म बार्सिलोना हुँ भने म उसलाई कुनै पनि हालतमा छोडदिन ।”

उनले थपे, “मेस्सीको बार्सिलोनासँग गहिरो सम्बन्ध छ । मलाई लाग्दैन कि उनी टोलीसँग प्रेम गर्न छोड्नेछ । उनी पक्कै पनि टोलीको प्रदर्शनबाट दुःखी छन् । त्यसैले मेस्सीलाई उनका साथीहरूबाट सहयोग आवश्यक छ । बार्सिलोनाले अर्को सिजनमा केही फरक सोच्नु पर्नेछ । आफ्नो मुख्य खेलाडीलाई छोड्नु भनेको समाधान होइन ।”

च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हारपछि क्याम्प नाउमा ब्यापक परिवर्तन सुरु भएको छ । मुख्य प्रशिक्षक सेटिन र खेल निर्देशक एरिक अबिदललाई बर्खास्त गर्दै क्लबले नयाँ प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई हनुबन्ध गरेको छ । त्यस्तै खेल निर्देशकमा रामन प्लेनेसलाई अनुबन्ध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE