“मेस्सी बार्सिलोनाका लागि उत्कृष्ट खेलाडी हुन्”:प्रशिक्षक कोम्यान

स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका कप्तान लियोनल मेस्सीको प्रशंसा गरेका छन् । यो सिजनमा मात्र क्लबको मुख्य प्रशिक्षकमा आएका कोम्यानले मेस्सीको खेल तरिका र कप्तानीको विषयमा प्रशंसा गरेका हुन् ।

मेस्सीसँग क्लबको जस्तोसुकै अवस्था सम्हाल्न सक्ने अवस्था रहेको कोम्यानले बताएका छन् । उनले क्लबका लागि मेस्सी सधैं महत्त्वपूर्ण खेलाडी भएको र उनी क्लबका लागि खेलिरहँदा धेरै राहत मिल्ने बताएका छन् ।

“मेस्सी क्लबका लागि उत्कृष्ट खेलाडी हुन् । उनीसँग क्लबमा भएको जस्तोसुकै अवस्थालाई सम्हाल्नसक्ने क्षमता छ । मेस्सीले क्लबको खेल प्रदर्शनलाई उत्कृष्ट बनाउने क्षमता पनि राख्छन् । त्यसैले हाम्रा लागि मेस्सी महत्त्वपूर्ण योजना रहेको छ,” कोम्यानले बार्सिलोनाको अफिसियल साइटसँगको कुराकानीमा भने ।

WRITE COMMENTS FOR THIS ARTICLE