मेस्सी भन्छन्: “मेरा लागि यो सिजन हालसम्म राम्रो हुन सकेको छैन् ।”

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यो सिजनको ला लिगा उपाधि दिलाउन आफूले बार्सिलोनामा धेरै मिहिनेत गर्ने बताएका छन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनामा यो सिजन आफ्नो लागि धरै नराम्रो बितेको बताउँदै आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । भर्खरै मात्र ब्राजिलियन लिजेन्ड पेलेको एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी गरेका मेस्सीले अब आउने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहेको स्पेनिस टेलिभिजन च्यानल ‘ला सेक्ता’सँगको कुराकानीमा भने ।

मेस्सीले पेलेको रेकर्डसँग बराबरी गर्ने क्रममा गत शनिबार भएको भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ गोल पूरा गरेका थिए । “मैले सिजनको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको थिएँ । सोचे अनुरुप सिजन बितेको छैन । अहिले म धेरै राम्रो अवस्थामा छु । तर, साँचो यो हो कि मेरा लागि यो सिजन हालसम्म राम्रो हुन सकेको छैन्,” मेस्सीले भने ।

बीबीसी । 

WRITE COMMENTS FOR THIS ARTICLE