म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुइरे पक्राउ परेका छन्। कप्तान मागुइरे हाल छुट्टीमा ग्रीसमा थिए । माइकोनोसमा प्रहरी अधिकारीहरुसंगको झगडामा तीन विदेशी पक्राउ गरिएको थियो जसमध्ये एकजना युनाइटेडका कप्तान ह्यारी मागुइरे थिए ।
मागुइरेका वकिल कोन्स्टान्टिनोस डारिभासले मागुइरे विरुद्ध लागेका आरोपहरू अस्वीकार गर्दै उनी कुनै पनि आरोपबिना रिहा हुनेकुरामा आफु विश्वस्त रहेको बताएका छन् ।

ग्रीस पुलिसले एक विज्ञप्ति जारी गर्दै भनेको छ एउटा बारको बाहिर दुई समूहको बिचमा भएको कुराकानी उनीहरुले बिच्छेद गर्ने खोजेका थिए गरेका थिए र प्रहरीलाई मौखिक दुर्व्यवहार गरेका थिए र एक अधिकारीलाई कुटपिट पनि गरेका थिए ।

प्रहरीका अनुसार उनीहरु विरुद्ध फाइल खोलिएको छ जसमा उनीहरुले हिंसा अनाज्ञाकारिता, शारीरिक हानी, अपमान र एक प्रहरी अधिकारीलाई घूस दिने प्रयास गरेको आरोप लागेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE