म्यानचेस्टर सिटीका मिडफिल्डर इकाए गुन्डोगनलाई कोरोना संक्रमण

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इकाए गुन्डोगनलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । सिटीले मिडफिल्डर गुन्डागोनलाई कोरोना पोजेटिभए देखिएको सोमबार जनाएको छ । २९ वर्षीय गुन्डागोन १० दिनको सेल्फ आइसोलेसनमा रहेको सिटीले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि गुन्डागोनले सोमबार वल्भ्सविरुद्ध हुने सिटीको लिग खेल गुमाउनेछन् । सिटी क्लबमा रहेका सबैले उनको चाँडो स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि सिटीका रियाद महारेज र एमरिक लापोर्टेलाई कोरोना देखिएको थियो । तर उनीहरु अहिले ट्रेनिङमा फर्किसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE