म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्करमा कोरोना संक्रमण…

इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका दुईजना स्ट्राइकरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । क्लबका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्करमा कोरोना संक्रमण पुष्टि भएको हो । समाचारमा उल्लेख भए अनुसार दुई खेलाडीसहित अन्य दुई कर्मचारीमासमेत संक्रमण भएको छ । कोरोना पुष्टि भएपछि उनीहरु सबै नियमअनुसार आइसोलेसनमा बसेका छन् ।

संक्रमित दुवै खेलाडीले प्रिमियर लिग अन्तर्गतका केही खेल गुमाउने भएका छन्। सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाइटेड, डिसेम्बर २८ मा एभर्टनसँग र जनवरी ३ मा चेल्सीसँग खेल्ने तालिका सार्वजनिक भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE