म्यानचेस्टर सिटीको ट्वीटर अकाउन्ट सस्पेन्डेड…

इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीको आधिकारिक ट्वीटर अकाउन्ट केही समयका लागि सस्पेन्डेड भएको छ । क्लबकाे ट्वीटर ह्याल्डल खोल्दा खाली देखिएपछि क्लबको अकाउन्ट ह्याक भएको अड्कल काटिएकाे थियाे । तर अकाउन्ट ह्याक नभएको र ट्वीटरबाटै प्राविधिक त्रुटि भएको कारण उक्त पेज केही समय हराएर पुन: रिस्टोर भएको जनाइएकाे छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार अनुसार म्यानचेस्टर सिटीको नाममा धेरै फेक ट्वीटर अकाउन्ट रहेका कारण ट्वीटरले फेक अकाउन्ट सस्पेन्ड गर्ने क्रममा क्लबकाे वास्तविक अकाउन्ट पनि निशानामा परेकाे हुनसक्ने लेखेका छन् । क्लबको ट्वीटर अकाउन्ट अचानक हराएपछि प्रतिस्पर्धी क्लबका फ्यानहरुले विभिन्न ट्राेल र मिम समेत बनाउन थालेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE