म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइनलमा…

रहिम स्टार्लिङ चम्किँदा इंग्लिस काराबाओ कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध सहज जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ। बर्नलीको टर्फ मोर रंगशालामा सम्पन्न खेलमा सिटीले ३–० गोलको जितका साथ क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

जितका लागि स्टार्लिङले दुई गोल गरे भने फरान टोरेसले एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेन्जामिन मेन्डीको क्रसलाई गोलमा बदलेर स्टार्लिङले सुरुवती अग्रता बनाए। एक गोलको अग्रतासँगै पहिलो हाफ सकियो। दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। खेलको ४९ औैं मिनेटमा स्टार्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता पनि दोब्बर बनाए।

त्यस्तै, गत अगस्टमा भ्यालेन्सियाबाट आएका टोरेसले ६५ औं मिनेटमा स्टार्लिङको पासलाई गोलमा परिणत गर्दै ३–० गोल अन्तर बनाए।
टोरेसलाई क्लबले २०.७८ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। सिटीका फरवार्ड ग्याब्रियल जेसस र सिर्जियो अग्युरो चोटग्रस्त बनेका कारण उनीहरु टिम बाहिर छन्।

WRITE COMMENTS FOR THIS ARTICLE