“तिमी नै नम्बर १ खेलाडी हौ, तर म पछिको”: म्याराडोनालाई जन्मदिनको बधाई दिँदै रोनाल्डोले भने…

युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनालाई शुक्रबार ६० औं वर्ष प्रवेशमा बधाई दिएका छन् । अर्जेन्टिानका विश्व कप विजेता म्यरोडोनालाई उनको जन्म दिनको अवसरमा विश्वभरबाट शुभकामना सन्देश दिइएको थियो । ‘६० औं जन्मदिनमा बधाई छ । शुभकामना । आशा छ सबै ठीक ढंगले अघि बढिरहेको छ ।

जीवन सुखद होस्,’ सामाजिक सञ्जालमार्फत शुभकामना दिदै रोनाल्डोले ठट्टा गर्दै भनेका थिए, ‘मेरो तर्फबाट अंकमाल । तिमी नै नम्बर १ खेलाडी हौ, तर म पछि ।’

ब्राजिलियन विश्व कप विजेता रोनाल्डो नाजारियो, फाबियो कानोभारा, रोनाल्डिन्हो, राडामेल फाल्काउ, जोसे माउरिन्हो, गाब्रियल साबास्टिनी, हुवा मार्टिन डेल पेत्रो र कार्लोस टेभेजलगागत खेलकुदका अन्य सफल खेलाडी म्याराडोनालाई जन्म दिनको शुभकामना दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE