“म अमेरिकामा खेल्न र त्यहाँको जीवनको अनुवभ लिन चाहन्छु”: लियोनल मेस्सी

अर्जेटिनी तथा बार्सिलोना कप्तान लियोनल मेस्सीले आफूलाई अमेरिकामा खेल्न मन रहेको बताएका छन् ।तर आफ्नो भविष्यबारे अहिले नै थाहा नभएको मेस्सीको भनाई छ । मेस्सी यो सिजनको सुरुमा बार्सिलोनाबाट बाहिरिन चाहेका थिए । तर सम्झौतामा रहेको व्यवस्थाका कारण उनको चाहना पूरा हुन सकेन । आउँदो जुनमा मेस्सीको सम्झौता सकिँदै छ र उनी बार्सिलोना छोड्न स्वतन्त्र हुने छन् ।

मेस्सीले स्पेनिस च्यानल ला सेक्तासँग भनेका छन्, ‘मैले के गर्ने छु भन्ने अहिले नै थाहा छैन । यो सिजनको अन्त्यसम्म पर्खिने छु । म अमेरिकामा खेल्न र त्यहाँको जीवनको अनुवभ लिन चाहन्छु । त्यहाँको लिगको अनुवभ लिएर अन्ततः कुनै भूमिकामा बार्सिलोना नै फर्किन मन छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE