“म रामोसबाट धेरै सिकिरहेको हुन्छु”:क्रुस

स्पेनिस रक्षक रामोसका बारेमा सकारात्मक वा नकारात्मक टिप्पणी हुने गरेका छन् । तर, जर्मन मिडफिल्डर क्रुस भने रामोसको नेतृत्व क्षमताबाट निकै प्रभावित छन् । उनले आफ्नो अनुभवमा नेतृत्व कर्तामा रामोसको तरिका अरुको भन्दा फरक छ । ‘जति बेला रामोसले आफ्नो विचार अभिव्यक्त छन् त्यो टोलीका लागि उपयुक्त हुन्छ । उनी विना आग्रह भन्ने गर्छन,’ क्रुसले भनेका छन्,’ त्यो साधारण विषय होइन । मैले पहिला त्यस्तो देखेको छैन । त्यसैले हामी जहिले पनि कप्तानका विषयमा छलफल गर्छौ । मेरो विचारमा उनी एक उत्कृष्ट नेतृत्वकर्ता हुन् ।’

रामोस आफ्नो कप्तान हुँदा निकै खुसी अनुभव गरेको पनि क्रुसले बताएका छन् । ‘म उनीबाट धेरै सिकिरहेको हुन्छु। उनकै अनुसार मबाट पनि उनले सिक्छन् । उनी त्यो कप्तान हुन् जो आसाधारण छन् ,’ क्रुसले थपे , ‘क्लबका उनको भनाईको सबैले गभ्रितापूर्वक सुन्छन् । रामोस नेतृत्व क्षमताका उदाहरण हुन् ।’

क्रुसले टोलीका प्रशिक्षक जिनेदिन जिदानको पनि तारिफ गरेका छन् । जिदानले पनि टोलीलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको उनको अनुभव छ । ‘उनी एउटा महान खेलाडी हुन् । विषयलाई बुझ्नमा उनको क्षमता छ ,’ उनले भने, ‘स्टारहरुको समूहलाई पनि उनले उत्कृष्ट ढंगले व्यवस्थापन गरेका छन् । उनी हरेक खेलाडीका बारेमा जानकार छन् । रियल उनको नियन्त्रणमा छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE