यस्तो रह्‍यो प्रधानमन्त्री केपी शर्मा ओलीको दशैं टीका [ फोटो फिचर ]

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आज अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई बडादशैँको टीका लगाइदिनुभयो । पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता, सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई दशैंको टीका लगाईदिंदै ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ।
प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै आईजिपी सवेन्द्र खनाल ।
प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै सूचना आयुुक्त यशोदा तिमल्सीना ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै भक्तपुर सुूर्यबिनायक नगरपालिकाका प्रमुुख बासुुदेव थापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका प्रसाद ग्रहण गर्दै सर्वसाधारण ।
प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टीका लगाउने सर्वसाधारणको भीड ।
प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टीका लगाउने सर्वसाधारणको भीड । सम्पूर्ण तस्विरहरु : चन्द्रकला क्षेत्री

WRITE COMMENTS FOR THIS ARTICLE