यी पाँच मुलुक जहाँ कोरोनाले धेरैको ज्यान लग्यो

कोरोना भाइरस संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार नाघेको छ।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण विश्वभर ३ लाख ७७ हजार १ सय ४८ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर ६३ लाख ६१ हजार ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ। गएको २४ घण्टामा विश्वभर ३ हजार १० जनाले ज्यान गुमाएका छन् भने १ लाख २ हजार १ सय ८१ जना संक्रमित भएका छन्।

गएको २४ घण्टामा ब्राजिलमा ७ सय ३२, अमेरिकामा ७ सय २६, भारतमा २ सय, रुसमा १ सय ६२, बेलायतमा १ सय ११, पेरुमा १२८, मेक्सिकोमा १ सय ५१ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा १ लाख ६ हजार ९ सय २१ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि क्रमशः बेलायत, इटाली, ब्राजिल, फ्रान्स र स्पेनमा धेरैको मृत्यु भएको छ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ३९ हजार ४५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा ३० हजार ४६, फ्रान्समा २८ हजार ८ सय ३३ र स्पेनमा २७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म २९ लाखभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। अमेरिकामा मात्रै ६ लाख १५ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १८ लाख ५९ हजार पुगेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE