यी बलिउड फिल्म, जसले बदल्यो ‘सेलिब्रेटी’को भाग्य !

बलिउडमा कति यस्ता स्टार छन्, जो एक फिल्मका कारण आफूलाई अब्बल साबित गरेका छन् । बलिउडमा धेरै कलाकारलाई आफ्नो हिट फिल्मको प्रतीक्षा हुने गर्छ ।

धेरैको भाग्य त्यही एक फिल्मले परिवर्तन गरिदिएको हुन्छ ।

बलिउडमा यस्ता फिल्म छन्, जसले स्टारको भाग्य नै बदलेका छन् । आखिर को हुन् त त्यस्ता भाग्यशाली कलाकार ?

उरीः द सर्जिकल स्ट्राइक

यो फिल्ममा विक्की कौशल शीर्ष भूमिकामा थिए । झण्डै २५ करोड लगानीमा बनेको फिल्मले २ सय ४५ करोड कमाइ गरेको थियो ।

फिल्म निर्माण हुने खबरले यो फिल्मको खासै चर्चा थिएन, तर फिल्म रिलिजपछि यसले बक्स अफिसमा एकपछि अर्को रेकर्ड राख्न थाल्यो ।

दर्शकले अत्यधिक मन परेको यो फिल्मपछि विक्की कौशलको पनि भाग्य बदलियो । उनको चरित्र पनि धेरैले रुचाए ।

त्यसो त विक्की रणवीर कपूरको फिल्म ‘सञ्जु’ मा पनि थिए । विक्कीका लागि ‘उरी’ गेम चेन्जर फिल्म बन्यो ।

कबीर सिंह

शाहिद कपूरले सन् २००३ मा रिलिज भएको फिल्म ‘इश्क विश्क’ बाट डेब्यु गरेका थिए । फिल्ममा अमृता राव अपोजिट रोलमा थिइन् ।

यो फिल्मबाट शाहिदले नयाँ पहिचान पाएका थिए । यसपछि उनले अभिनय गरेका जब वी मेट, उड्ता पञ्जाव, विवाह जस्ता फिल्मले पनि चर्चा पाए । तर उनको स्टारडम कुनै फिल्मले पनि देखाएन ।

‘कबीर सिंह’ मा अभिनय गरेपछि भने शाहिदको चर्चा एकाएक चुलियो । यो फिल्मले बक्स अफिसमा २ सय ७८ करोड कमाइ गर्‍यो ।

अन्धाधुन

आयुष्मान खुराना पछिल्लो समय व्यस्त छन् । उनले लगातार हिट फिल्म दिइरहेका छन् । तर, आयुष्मान खुरानाका लागि गेम चेन्जर फिल्म ‘अन्धाधुन’ बन्यो ।

यो फिल्म उनको करिअरको फरक फिल्म बन्यो । आयुष्मानले फिल्मबाट अवार्ड पनि हात पारे ।

कहो न प्यार है

ऋतिक रोशनले बलिउडमा कैयन् हिट फिल्म दिएका छन् । वार, सुपर ३०, कृस, धूम जस्ता फिल्म दिएका ऋतिकका लागि डेब्यु फिल्म नै विशेष फिल्म बन्यो ।

‘कहो ना प्यार है’ फिल्मले बक्स अफिसमा शानदार कमाइ गर्‍यो । ऋतिकको पनि खुबै चर्चा भयो ।

सञ्जु

रणवीर कपूरले ए दिल है मुस्किल, ये जवानी हे दिवानी, बर्फी जस्ता हिट फिल्म दिएका छन् । यी फिल्मबाट रणवीरले खुबै तारिफ पाए ।

यद्यपि उनका लागि राजकुमार हिरानीको ‘सञ्जु’ विशेष बन्यो । यो फिल्मले रणवीरलाई सुपरस्टार बनाइदियो । फिल्मले बक्स अफिसमा कैयन् रेकर्ड समेत तोडेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE