युइएफए च्याम्पियन्स लिग: काभानीले पुर्व क्लब पीएसजी विरुद्धको नखेल्ने…

युइएफए च्याम्पियन्स लिग पुर्व क्लब पीएसजी विरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेपनि टोलीमा नसमेटिएपछि उनको डेब्यु प्रतीक्षा लम्बिने भएको हो । उनी युनाइटेडको टोलीमा नियमित प्रशिक्षणमा रहेपनि च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलको लागि फ्रान्सेली च्याम्पियन पेरिस भ्रमणको टोलीमा छैनन् । उनी अब क्लबको प्रशिक्षण स्थल क्यारिङटनमा नै प्रशिक्षणमा व्यस्त रहनेछन् ।

समूह ‘एच’ मा रहेको युनाइटेडले आज मंगलबार राति पेरिसमा पीएसजीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति १२ः४५ बजे हुनेछ । पीएसजीका सर्वाधिक गोलकर्ता ३३ वर्षे काभानीले अर्काे साता ओल्ड ट्राफर्डमा चेल्सीविरुद्धको खेलबाट युनाइटेडबाट डेब्यु गर्ने सम्भावना रहेको छ । तर यो प्रशिक्षक ओले गनर सोल्सायरको निर्णयमा भर पर्नेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE