युइएफए नेसन्स लिग:आज स्पेन र जर्मनी भिड्दै…

युइएफए नेसन्स लिगमा बिहीबार स्पेन र जर्मनी भिड्ने भएका छन् । खेल जर्मनीको मर्सिडिज बेन्ज अरिनामा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ । युईएफए नेसन्स लिगको दोस्रो संस्करण सुरु भएसँगै अन्तर्राष्ट्रिय फुटबल प्रारम्भ हुनेछ । यूईएफए नेसन्स लिग २०२०-२१ को छनोट खेल बिहीबार सुरु भएसँगै १० महिनाको ब्रेकपछि अन्तर्राष्ट्रिय फुटबल सुरु हुन लागेको हो ।

समूह डीमा रहेका दुवै टोली सुरुवाती खेलमा जित निकाल्न प्रयासरत छन् । समूहकै बलिया मानिएका यी दुवै टोलीलाई एक-अर्काविरुद्ध जित निकाल्न भने त्यति सहज हुने छैन । त्यस्तै यसै समूहको अर्को खेलमा युक्रेनले स्विट्जरल्यान्डको समना गर्नेछ । खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट युक्रेनको एरिन एलभीआईभीमा सुरु हुनेछ ।

युईएफए नेसन्स लिग बी अन्तर्गत बिहीबार टर्कीले हङ्गेरीको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति साढे १२ बजेबाट टर्कीको आइलुल स्टेडाइमु स्टेडियममा हुनेछ दोस्रो खेलमा रुसले सर्बियाको सामना गर्नेछ । खेल रुसको लेभ यासिन रंगशालामा नेपाली समयअनुसार राति साढे १२ बजे नै सुरु हुनेछ ।

त्यस्तै तेस्रो खेलमा फिनल्यान्डविरुद्ध वेल्स मैदानमा उत्रिनेछ । यो खेल फिनल्यान्डको हेल्सिन्की ओलम्पिक रंगशालामा सोही समयमा हुनेछ । चौथो खेलमा भने बुल्गेरियाविरुद्ध आयरल्यान्डले खेल्नेछ । सोही समयमा बुल्गेरियाको भासिल लेभ्स्की राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE