युइएफए नेसन्स लिग: फ्रान्ससँग पराजित हुँदै लिगबाट बाहिरियो पोर्चुगल…

युइएफए नेसन्स लिग फुटबल अन्तर्गत साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स  फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलमा फ्रान्सका लागि ५२औं मिनेटमा एन गोलो कान्टेले एक मात्र गोल गरे । फ्रान्सको लागि ४४ खेल खेल्दा कान्टेले गरेको यो दोस्रो गोल हो ।

जितपछि फ्रान्सले ५ खेलबाट १३ अंक जोडेको छ । समान खेलबाट पोर्चुगलको १० अंक छ । यी दुई टोलीबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । फ्रान्सले अन्तिम खेल हार्ने र पोर्चुगलले अन्तिम खेल जितेको अवस्थामा समान अंक भएपनि हेड टु हेड लागु हुने हुँदा पोर्चुगल बाहिरिने पक्का भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE