युइएफए नेसन्स लिग: आज स्पेन र स्वीट्जरल्यान्ड भिड्दै…

घरेलु मैदानमा स्पेनले स्वीट्जरल्यान्डको सामना गर्दा जर्मनीले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । स्पेन र स्वीट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा राति १२ः३० बजे हुनेछ ।

नेसन्स लिग ‘ए’ को ४ मा रहेको स्पेन स्वीट्जरल्यान्डलाई पराजित गर्दै शीर्षस्थानमा बलियो पकड बनाउने योजनामा हुनेछ । स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युवा र अनुभवी खेलाडी मिश्रित स्पेनसँग युवा खेलाडी अन्सु फातीदेखि अनुभवी सर्जियो रामोसजस्ता खेलाडीको साथ रहेको छ ।

अन्सुु फातीसँगै जेरार्ड मोरेनो र एडमा ट्राओरेले स्पेनको अग्रपङ्ति सम्हाल्दा रोड्री, सर्जियो बुस्क्वेट्स, मिकेल मेरिनोले मिडफिल्ड सम्हाल्नेछन् । डिफेन्समा कप्तान रामोससँगै जेसस नाभास, पोउ टोरेस, ड्यानियल सेवालोस, जोस गाया रहँदा डेभिड हे गेयाले गोलपोस्ट सम्हाल्ने सम्भावना छ ।

यता, स्वीट्जरल्यान्ड पनि स्पेनलाई उसकै मैदानमा पराजित गर्दै ३ अंक बटुलेर अंक तालिका सुधार गर्दै अर्काे चरणमा पुग्ने योजनामा हुनेछ । स्वीट्जरल्यान्ड दुई खेलबाट १ अंक जोडेर पुछारमा छ । कोरोना संक्रमणमुक्त भएका मिडफिल्डर जद्रान शाकिरीले टोलीमा पूनरागमन गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE