युइएफए नेसन्स लिग: स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो स्पेन…

नेसन्स लिग फुटबलमा कप्तान सर्जियो रामोसले दुई पेनाल्टी मिस गर्दा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शनिबार राति स्विट्जरल्यान्डको घरेलु मैदानमा भएको खेलमा स्पेन १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा अग्रता लिएको स्विट्जरल्यान्ड दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनका लागि सब्सिच्युट खेलाडीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसअघि स्पेनलले दुई पेनाल्टी पाएको थियो । तर, दुबै पेनाल्टी कप्तान रामोस गुमाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE