युइएफए नेसन्स लिग: स्विडेनसँग स्तब्द क्रोएसिया… 

युइएफए नेसन्स लिग फुटबल अन्तर्गत  क्रोएसिया  स्विडेनसँग पराजित भएको छ । शनिबार राति स्विडेनको घरेलु मैदानमा भएको खेलमा क्रोएसिया घरेलु टोलीसँग २–१ गोलले पराजित भएको हो । स्विडेनको जितका लागि डेजान कुलुसेस्की र मार्कुस डानिएल्सले एक एक गोल गरेका थिए । क्रोएसियाले भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३६ औं मिनेटमा डेजानले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । उनले लुस्टिङको पासमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाए । त्यस्तै पहिलो हाफमा इन्जुरी समयमा मार्कुसले गोल गर्दै अग्रता दोब्बर पारे । उनले लार्सनलको पासमा गोल गर्दै स्विडेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने पाहुना टोली क्रोएसियाले आत्मघाती गोल उपहार पाएको थियो । खेलको ८१ औं मिनेटमा स्विडेनका डिफेन्डर मार्कुसले बचाउन खोज्दा आफ्नै गोल पोस्टमा आत्मघाती गोल भएपछि क्रोएसियाले खेलमा फर्किने प्रयास गरेको थियो । तर, त्यसपछि थप गोल हुन नसक्दा स्विडेनले क्रोएसियामाथि २–१ को जित निकालेको हो ।

यससँगै समूह सीमा रहेको स्विडेनले समूहमा पहिलो जित निकालेको छ । पाँच खेल खेलेको स्विडेनले चार खेलमा हार व्यहोर्दा मात्र एक खेलमा जित निकाल्दै ३ अंक जोडेर समूहको पुछारमा छ । समान खेलमा समान तीन अंक जोडेको क्रोएसिया समूहको तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE