युट्युबमा रिलिज भयो अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’…

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । यो अभिनेत्री थापाको डेब्यु चलचित्र हो । यद्यपि उनले ‘ए मेरो हजुर ३’बाटै बाल कलाकारको रुपमा भने चलचित्रको पर्दामा प्रवेश गरिसकेकी थिइन् । यो झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्र हो ।

चलचित्रमा अनमोल र सुहानाका साथै सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र गत वर्षको चैत २९ मा हलमा रिलिज भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE