युभेन्टस फर्कदै अल्भारो मोराटा…

प्रशिक्षक डिएगो सिमिओनीले अर्का फरवार्ड डिएगो कोस्टालाई पहिलो रोजाईको फरवार्डको रुपमा उतार्न थालेपछि मोराटाले क्लबसमक्ष अन्यत्र अवसर आए जान दिन आग्रह गरेका थिए । युभेन्टसले पनि अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन क्लब छाडेपछि फरवार्डको खोजि गरिरहेको छ । इटालियन क्लब एएस रोमाका एडिन जेकोलाई अनुबन्ध गर्ने प्रयास भएपनि क्लबबीच सहमति हुन सकेको छैन ।

मोराटाले सन् २०१४-१६ सम्म युभेन्टसमा खेलाडी लिग उपाधि जितेका थिए । युभेन्टसमा उच्च प्रदर्शन गरेका उनलाई त्यसपछि रियलले फिर्ता लागेको थियो । तर रियलले उनलाई चेल्सीमा बेचेपनि प्रिमियर लिगमा खेल्न नसक्दा उनी एटलेटिको पुगेका थिए । मोराटा युभेन्टसमा खेल्दा क्लबले च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको थियो ।  युभेन्टसले पनि हाललाई मोराटा लोनमा अनुबन्ध गर्ने र अर्को सिजन रकम तिर्ने प्रतिवद्धता जनाएको छ । एटलेटिकोले बार्सिलोनाका लुइस सुआरेजलाई विकल्पका रुपमा हेरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE