युभेन्ट्सबाट पुनः बायर्न म्युनिख फर्किए डग्लस कोस्टा….

ब्राजिलियन विंगर कोस्टा जर्मन क्लब बायर्न युभेन्ट्सबाट पुनः बायर्न म्युनिख फर्किए कोस्टा फर्किएका छन् । बायर्नले इटालियन क्लब युभेन्ट्सका कोस्टालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेको जनाएको छ । ३० वर्षीय कोस्टा दुई वर्षपछि जर्मन क्लबमा फर्किएको हो । कोस्टा २०१७ मा लोनमा इटालियन क्लब युभेन्टस पुगेका थिए । बायर्नमा अनुबन्ध भएसँगै कोस्टाले बायर्नबाट पुनः खेल्न पाउँदा म धेरै खुशी रहेको बताएका छन् ।

त्यसको अर्को सिजन युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । उनले यो सिजन युभेन्टसबाट दुई खेल खेलिसकेका छन् । कोस्टाले युभेन्ट्सका लागि उनले १ सय ३ खेलमा १० गोल गरेका छन् । पहिलो सिजन लोनमा उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टसले स्थायी रुपमा अनुबन्ध गरेपछि चोटका कारण कोस्टाले सोचुअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनले दुई सिजनमा ५४ खेल खेल्दा मात्रै ४ गोल गर्न सफल भएका थिए । गत सिजन उनले युभेन्टसका लागि २९ खेल खेल्दै ३ गोल गर्दा ७ असिस्ट दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE