युरोकप: आज क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटली भिड्दै

युरोकप फुटबल अन्तर्गत आज क्वार्टरफाइनलमा बेल्जियम र इटली भिड्दै छन् । जर्मनीको अलायन्ज एरिनामा हुने खेल नेपाली समय अनुसार १२:४५ बजेबाट सुरु हुनेछ।

राउन्ड अफ १६ मा बेल्जियमले पोर्चुगललाई हराएको थियो । भने इटलीले अस्ट्रियालाई अतिरिक्त समयमा हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

त्यस्तै आज स्पेनले स्विट्जरल्यान्डसँग खेल्दैछ। रुसको सेन्ट पिटर्सवर्गमा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजेबाट सुरु हुनेछ । स्पेन क्रोएसियालाई ५–३ ले पराजित गर्दै र स्विट्जरल्यान्ड विश्व विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE