युरोकप: जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

युरोकप फुटबल अन्तर्गत जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले परजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डका लागि रहीम स्टरलिङ र ह्यारी केनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ७५औं मिनेटमा स्टरलिङले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यस्तै केनले खेलको ८६औं मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE