युरोकप: टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा

युरोकप फुटबल अन्तर्गत टाइब्रेकरमा स्पेनलाई ४–२ ले पराजित गर्दै इटाली फाइनलमा पुगेको छ । निर्धारित र अतिरिक्त समयमा एक–एक गोलको बराबरीमा रोकिएको खेल टाइब्रेकरमा पुगेको थियो । विम्बली रंगशालामा भएको खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए त्यस्तै ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए ।

स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले पेनाल्टी मिस गरेसँगै स्जेन सेमिफाइनलबाट बाहिरिएको हो । अब इटालीले फाइनलमा डेनमार्क र इंग्ल्यान्ड बिचको विजेतासँग खेल्नेछ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE