युरोकप: पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

युरोकप फुटबल अन्तर्गत बेल्जियम पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियामा भएको प्रिक्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको हो।

बेल्जियमका लागि थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको ४२औं मिनेटमा हाजार्डले गोल गरेका हुन्। जीतसँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ। भने ग्रुप अफ डेथ बाट अन्तिम १६ मा पुगेको पोर्चुगल बेल्जियमसँग हार खादै बाहिरिएको छ। बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग भिड्नेछ।

 

WRITE COMMENTS FOR THIS ARTICLE