युरोकप: वेल्सलाई ४–० ले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

युरोकप फुटबल अन्तर्गत वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको खेलमा डेनमार्कले वेल्सलाई ४)० गोल अन्तरले पराजित गरेको हो ।

डेनमार्कका लागि कास्पर डलबर्गले दुई गोल गरे भने जोवाकिम माएल र मार्टिन ब्राथवेटले एक एक गोल गरे। सन् २००४ पछि डेनमार्क पहिलोपटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो। खेलको ९०औं मिनेटमा वेल्समा ह्यारी विल्सले रातो कार्ड पाएपछि अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE