युरोपा लिग: आर्सनल र र्‍यापिड विन भिड्दै…

युरोपा लिग फुटबलमा बिहिबार राति आर्सनलले र्‍यापिड विनसँग खेल्दैछ । र्‍यापिड विनको घरेलु मैदान एलियन्ज स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १०:४० बजे सुरु हुनेछ ।

युरोपा लिगको समूह बीमा रहेको आर्सनलले अस्ट्रियन बुन्डेसलिगालाई पराजित गर्दै समूहमा सुखद सुरुवात गर्न चाहन्छ । आर्सनल उसैको घरेलु मैदानमा समूहको पहिलो जित निकाल्दै अगाडि बढ्न चाहन्छ । यता र्‍यापिड विन पनि घरेलु मैदानमा आर्सनलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

र्‍यापिड विनले पछिल्ला पाँच खेल खेल्दा तीन खेलमा जित र समान एक-एक खेल बराबरी र हार बेहोरेको छ । त्यसैले आर्सनलले पनि पछिल्ला पाँच खेलमा तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

आर्सनल र र्‍यापिड विनले हालसम्म दुई पटक भेट गरेका छन् । यसअघि यी दुई टोली १९९१ को युरोपा कप फुटबलमा भेट गरेका थिए । पहिलो खेलमा आर्सनलले ६-२ गोलको जित निकालेको थियो । तर, दोस्रो लिगमा भने आर्सनल र्‍यापिड विनसँग १–० ले पराजित भएको थियो ।

यसै समूहको अर्को खेलमा डुनडल्क र मोल्डे भिड्दै छन् । डुनडल्कको घरेलु मैदानमा हुने खेल राति १०:४० बजे सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE