युरोपा लिग: एसी मिलानलाई हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

युरोपा लिग फुटबल अन्तर्गत एसी मिलानलाई १–० ले हराउँदै समग्रमा २–१ को जीत सहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिदा दोस्रो लेगमा युनाइटेडले १–० को जीत निकाल्न सफल भयो । युनाइटेडको जीतमा मिडफिल्डर पोग्बाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा गोल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE