युरोपा लिग: क्लुजमाथि रोमाको ५-० गोलको फराकिलो जित…

युरोपा लिगअन्तर्गत इटालियन सिरी ए क्लब रोमाले  समूह चरणको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा रोमाले सीएफआर क्लुजलाई ५-० गोल अन्तरले पाजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रोमालाई जित दिलाउन बोर्जा मयोरलले दुई गोल गरे । त्यस्तै हेनरिक मख्रियान, इबान्ज र पेड्रो रोर्डिगेजले समान एक-एक गोल गरे ।

खेलको पहिलो मिनेटमा हेनरिकले गोल गर्दै रोमालाई अग्रता दिलाए । २४औं मिनेटमा इबेन्जले गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा मयोरलले गोल गर्दै रोमालाई ३-० गोलको अवस्थामा पुर्‍याए ।

पहिलो हाफमा तीन गोल गरेको रोमाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ८४औं मिनेटमा मयोरलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० गोलको अवस्थामा पुर्‍याए । ८९ मिनेटमा रोर्डिगेजले गोल गर्दै रोमालाई ५-० गोलको जित निकाले । जितसँगै समूह ‘ए’मा तीन खेलबाट ७ अंक जोडेको छ । रोमा तालिकाको शीर्ष स्थानमा छ । पराजित क्लुज ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE