युरोपा लिग: ग्रानाडामाथि युनाइटेडको २-० गोलको सहज जित

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले सहज जीत निकालेको छ । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले २-० ले हराएको हो ।

युनाइटेडका लागि मार्कस रासफर्ड र ब्रुनो फर्नान्डेसले १-१ गोल गरेका थिए । खेलको ३१औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ९०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।

WRITE COMMENTS FOR THIS ARTICLE