युरोपा लिग :ज्लाटनको गोलमा एसी मिलानको जित

इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो ।

रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच र हाकन चल्हानोग्लुले एक एक गोल गरे । इब्राहिमोभिचले खेलको २३ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचको गोलबाट पहिलो हाफमा १–० गोलको अग्रता लिएको मिलानले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको ६७ औं मिनेटमा चल्हानोग्लुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा मिलानले २–० गोलले सहज जित निकालेको हो । जितसँगै मिलान युरोपा लिगको तेस्रो चरणमा प्रवेश गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE