युरोपा लिग: ब्रेगामाथि लेस्टर सिटीको ४-० गोलको सहज जित…

केलेची हेनाचोको दुई गोलको मद्दतले प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिगअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लेस्टरले ब्रेगालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन हेनाचोले खेलको २०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

४७औं मिनेटमा हेनाचोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा डेनिसले गोल गर्दै आर्सनलको अग्रता ३-० पुर्‍याए । ७८औं मिनेटमा जेम्स मेडिन्सनले गोल गर्दा लिभरपुलले ४-० गोलको जित निकाल्न सफल भयो ।

जितसँगै समूह जीमा रहेको लेस्टरले तीन खेलबाट ९ अंक जोडेको छ । लेस्टर अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित ब्रेग ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE