युरो कप: आज सेमिफाइनलको पहिलो खेलमा स्पेन र इटली भिड्दै

युरो कप फुटबल अन्तर्गत आज सेमिफाइनलको पहिलो खेलमा स्पेन र इटली भिड्दैछन् । इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने एक बजेबाट सुरु हुनेछ।

अन्तिम ८ को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। त्यस्तै पछिल्ला ३२ खेलमा अपराजित समूह ‘ए’ को विजेता इटलीले बेल्जियमलाई २-१ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE