युरो कप: बराबरीमा सकियो पोर्चुगल र फ्रान्सको खेल, रोनाल्डोको नयाँ कीर्तिमान

युरो कप फुटबल अन्तर्गत गए राती भएको खेलमा पोर्चुगल र फ्रान्सले बराबरी खेल खेलेका छन्। बराबरीसँगै फ्रान्स र पोर्चुगल नकआउट चरण प्रवेश गरेका छन्।  ‘पुस्कास एरेना’मा भएको खेलमा विश्वकप विजेता फ्रान्स र युरो कप विजेता पोर्चुगलले २-२ गोलको बराबरी खेल खेलेका हुन्।

खेलको ३१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए। भने पहिलो हाफकै अतिरिक्त समयमा करिम बेन्जेमाले पेनाल्टी मार्फत नै गोल गर्दैखेल बराबरीमा सकियो। दोस्रो हाफको २ मिनेटमै करिम बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ६०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई बराबरीमा पुर्याए।

रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्न पुगे। उनले इरानका खेलाडी अलि डाईको १०९ गोलको कीर्तिमान बराबरी गरेका हुन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE