कोरोना भाइरसको उच्च जोखिममा युवा पनि : डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिदै जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न सुझाव दिएको छ ।

डब्लूएचओका महानिर्देशक टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’

कोरोना भाइरसका कारण धेरैजसो देशहरुमा वृद्धवृद्धा बढी प्रभावित छन् । युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको अफवाह फैलिइरहेका बेला डब्लुएचओको यस्तो चेतावनी आएको हो ।

डब्लूएचओको मुख्यालयमा आयोजित नियमित अनलाईन पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित हुनुका साथै युवाहरु पनि नजोगिएको बताए ।

महानिर्देशक टडरोसले युवाहरुलाई चेतावदी दिँदै भने, ‘कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पुर्याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ । तपाईंहरु अजय हुनुहुन्न ।’

WRITE COMMENTS FOR THIS ARTICLE