युवा फुटबल स्टार एम्बाप्पे टोकियो ओलम्पिकमा सहभागी नहुने

युवा फुटबल स्टार केलियन एम्बाप्पे टोकियोको ओलम्पिकमा सहभागी नहुने भएका छन् । उनले आफ्नो क्लब करियरको बारेमा सोच्दै ओलम्पिकमा सहभागिता जनाउन नचाहेको जानकारी गराएका हुन् ।

एमबाप्पे र पिएसजीको सम्झौता सकिन १ वर्ष मात्र बाँकी छ र उनलाई लिन स्पेनिस क्लब रियल मड्रिड पूर्ण रूपमा तयार रहेको बताइएको छ । रियल जाने चर्चा भएपनि पिएसजी सजिलै एमबाप्पेलाई छाड्ने पक्षमा भने छैन ।

एमबाप्पेले भने आफू सही निर्णय गर्ने बारे सोचिरहेको बताएका छन् । ‘मैले क्लबलाई बारम्बार भनिरहेको छु, म यहीँ रहे पनि लामो समयका लागि रहनेछु’, एमबाप्पेले भने, ‘मैले यो पनि भन्दै आएको छु, म यहाँ खुसी छु र क्लब र समर्थकले मलाई साथ दिँदै आएका छन् । म छिट्टै यसको निर्णय गर्नेछु ।’ एमबाप्पेले भने

WRITE COMMENTS FOR THIS ARTICLE